मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

डा सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने

डा सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने

 

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सांसदसमेत रहेका डा। सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । कार्यालयले शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यमणि दाहालले केही दिनअघि उक्त निर्णय भएको जानकारी दिए । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो, तर अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

त्यसपछि सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाको निर्णय सदर गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो ।