मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

देशलाई प्रयोगशाला हुनबाट जोगाउन कांग्रेस-एमाले मिलेका हौंः योगेश भट्टराई

देशलाई प्रयोगशाला हुनबाट जोगाउन कांग्रेस-एमाले मिलेका हौंः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई नयाँ दिशा दिन कांग्रेससँग सहकार्य गरेको बताएका छन् । ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो स्थितिमा रहेको बेलामा कांग्रेस(एमाले मिल्ने गरेको बताए ।

उनले भने, ‘अहिले देशका दुई ठूला पार्टी सरकारमा बसिरहेका छौं । मुलुकलाई केही नयाँ दिशा दिन नै हामीले यो प्रयत्न गरेका छौं । देशलाई धेरै प्रयोगशाला नबनाऔं, पटकपटक प्रयोगशाला हुँदै आयो, अब त्यसो नगरौं, दुई पार्टी प्रतिस्पर्धी पनि हौ र इतिहासका निर्माता पनि हौ । इतिहासको कठिन मोडमा देशलाई निकास दिन अग्रसर भएका पार्टी हौं, शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा हामी एक ठाउँमा आएका छौं र मुलुकलाई सही दिशा दिएका छौं ।’

नेता भट्टराईले कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको जिकिर गर्दै अर्थतन्त्रलाई लयमा फर्काउने कार्यभार रहेको बताए ।


नेपालको राजनीतिक व्यवस्थालाई अगाडि बढाउन संविधान संशोधन गर्नेसमेत उनले बताए ।

उनले थपे, ‘नेपालको राजनीतिलाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ संशोधन गर्नुपर्नेछ । यसका लागि कांग्रेस र एमालेले अग्रसरता लिए पनि संसदमा भएका नभएका राजनीतिक पार्टीहरुलाई समेत साथ लिएर अगाडि बढ्दैछौं ।’