अञ्जु पौडेलको डोजर ७ वर्षदेखि देविचौरको जंगलमा, अर्बाै बराबरको प्राकृतिक स्रोतको दोहन
![अञ्जु पौडेलको डोजर ७ वर्षदेखि देविचौरको जंगलमा, अर्बाै बराबरको प्राकृतिक स्रोतको दोहन](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%2585%25E0%25A4%259E%25E0%25A5%258D%25E0%25A4%259C%25E0%25A5%2581%2520%25E0%25A4%25AA%25E0%25A5%258C%25E0%25A4%25A1%25E0%25A5%2587%25E0%25A4%25B2%25E0%25A4%2595%25E0%25A5%258B%2520%25E0%25A4%25A1%25E0%25A5%258B%25E0%25A4%259C%25E0%25A4%25B0%2520%25E0%25A5%25AD%2520%25E0%25A4%25B5%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25B7%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%2596%25E0%25A4%25BF%2520%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%25B5%25E0%25A4%25BF%25E0%25A4%259A%25E0%25A5%258C%25E0%25A4%25B0%25E0%25A4%2595%25E0%25A5%258B%2520%25E0%25A4%259C%25E0%25A4%2582%25E0%25A4%2597%25E0%25A4%25B2%25E0%25A4%25AE%25E0%25A4%25BE%2520(2)_4gpKh5AmFA_6fl77nwxotywvr550cuw1oljx4pkfjzqnhn8nuemq8wq5chkqpdfn9mqetuf_2kYSeC31FO_mm8hq6ulqdhrudwmq1jsctwbbteqxfhchko7ohgpvbc8azn6vohsa7z9spre.png)
ललितपुर ।
विगत २०७४ पुषबाट विवादित क्रसर व्यवसायी अन्जु पौडेलले देविचौरको सामाखेलको वन जंगलबाट अर्बाै रुपैयाँ बराबरको प्राकृतिक स्रोतको दोहन गरिरहेकी छन् । उनको बुलडोजर सात वर्षदेखि सामाखेल वनमा खुलेआम अबैध रुपमा उत्खनन् गरिरहेको छ ।
अनौठो के छ भने, उनको बाहुबली रोडा ढुंगा उद्योग नामको उद्योग गोदावरी नगरपालिका लगायत कहीँ कतै दर्ता गरेको देखिँदैन । दर्ता बिनै यत्तिका वर्षदेखि खुलम खुला अबैध रुपमा चल्दा नियामक निकाय भने मुकदर्शक बनेका छन् । सबै तै चुप मै चुपको अबस्थामा रहेको देखिन्छ । दर्ता नभएपछि राजश्व तिर्न परेन । सात वर्षमा करोडौँ राजश्व छलेको समेत देखिन्छ । तर उनको क्रसर र अबैध ढुंगा खानी भने निर्धक्क सञ्चालनमा रहेको छ ।
पछिल्लो समय क्रसर छेउकै सार्वजनिक वनमा अन्जुको डोजर निरन्तर चलिरहेको छ । उनले मच्छिन्द्र मल्टिपर्पाेज प्रालिको क्वायरीको सिमामा पर्ने सार्वजनिक वनमा डोजर चलाईरहेका छन् । जहाँबाट दैनिक ३ सय टिप्पर ढुंगा उत्खनन् गरी बिक्री वितरण गरिरहेको पाईएको छ । केही टोली गुण्डाहरु परिचालन गरेर अन्जुले अबैध रुपमा वन दोहनमा जोड दिईरहेको स्थानीय बताउँछन् ।
एक चिनियाँ नागरिकसँग विवाह गरेकी अन्जुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बनिरहेको ट्याक्सी वेका लागि ढुंगा गिट्टी आपूर्ति गरिरहेको छ । स्रोतका अनुसार विमानस्थल निमार्णको ठेक्का पाएको छ । ठेकेदार भने अन्जुकै श्रीमान रहेको बुझिएको छ । अन्जुले अहिले कित्ता न ११ को सार्वजनिक जमिन उत्खनन गरिरहेको स्थानीयहरु बताउँछन् । क्रसरबाट निस्किएको धुलो सिधै बागमती नदीमा फाल्दा समेत अनुगमनले नदेखिएको अनौठो नै देखिन्छ । यसरी खुलम खुला रुपमा अबैध कार्यमा संलग्न अन्जुसँग पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया