यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक भएको छ।
सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गरेको छ।
गत शुक्रबार बसेको बैठकले ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा। राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन पनि गर्ने निर्णय भएको छ।
सरकारले राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने निर्णय गरेको समेत मन्त्री गुरूङले बताए।
त्यस्तै मंसिर २७ गते बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरूवा गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया