सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

देशभर बढ्यो चिसो‚ काठमाडौंमा यस वर्षकै कम तापक्रम

देशभर बढ्यो चिसो‚ काठमाडौंमा यस वर्षकै कम तापक्रम

काठमाडौं
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। दिनहुँ तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। मंगलबार बिहान देशका अधिकांश स्थानको मौसम बदली भएको छ। काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा हुस्सु लागेको महाशखाले जनाएको छ।

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको असरको कारण मंगलबार दिनभर आकाश धुम्म हुने मौसमविद् पौडेलले जानकारी दिए। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।