त्यसपछि रहस्यमय बन्यो दासढुंगा काण्ड
काठमाडौं
२०५० जेठ ३ गते । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । उनीहरुको मृत्युले धेरै नेपालीलाई एउटा त्रासदी बनाएको थियो ।
दासढुंगा काण्ड जीप दुर्घटना मात्र कि षड्यन्त्र भन्ने विषय २८ वर्ष वितिसक्दासम्म पनि खुल्न सकेको छैन । दासढुंगा काण्डपछि उतिबेला छानविन हुनुपर्छ भन्दै सडक ततायो । प्रत्येक वर्षको जेठ ३ दोहोरिरहन्छन् तर त्यसदिन बाहेक उक्त काण्ड ओझेलमै छन् । उनकै पार्टीका नेताहरुले मुुलुकको शाषण भार सम्हाले पनि काण्डको छानविन त के शब्द समेत उच्चाहरण गरेको पाईएको छैन ।
एमालेको पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश बोकेर मदन र जीवराज देशव्यापी अभियानमा थिए । अभियानकै क्रममा दासढुंगामा उनीहरु चढेको गाडी रहस्यमय ढंगले दुर्घटना भयो । कास्कीमा एमालेको जिल्ला अधिवेशनमा भाग लिन काठमाडौंबाट उनीहरु पोखरा गएका थिए । मदन र आश्रित पोखराको कार्यक्रम सकेर सोही दिन चितवन जाँदै थिए ।
चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै थिए । तर, मदन र आश्रित चितवनको महिला अधिवेशनमा पुग्नै पाएनन् । पोखराबाट मुग्लिन हुँदै मदन चढेको गाडी चितवनतर्फ हुँइकिइरहेको थियो । त्यसैक्रममा २०५० साल जेठ ३ गते ५ बजेतिर दुई नेता चढेको बा अ प ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो ।
गाडीका चालक अमर लामा गाडीबाट हामफालेर बाँच्न सफल भए पनि मदन भण्डारी र जीवराज आश्रित भने त्रिशुलीको भेलमा गाडीसहित बेपत्ता हुन पुगे । केही वर्षपछि मदनका गाडी चालक अमर लामालाई काठमाडौंको कीर्तिपुरमा माओवादीले गोली हानी हत्या गरे । उनको हत्यालाई पनि माओबादीले अहिलेसम्म आधिकारिक रुपमा जिम्मा लिएका छैनन् । यसरी रहस्यमय बनेको यो काण्ड अपरेसन काठमाडौंको कोल्ड केस लिस्टमा परेको छ ।
प्रतिक्रिया