सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

जुम्लामा बस दुर्घटना, दुई जनाको ज्यान गयो

जुम्लामा बस दुर्घटना, दुई जनाको ज्यान गयो

जुम्ला
जिल्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन । जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।