देविचौर हत्याकाण्डः घाँटी रेट्नेले भनेका थिए, ‘१५ सय दिए मार्दिन्छु’ जो आफैँ मरे

ललितपुर
तीन दिन अघि ११ असोजको बिहान साँढे सात बजेको थियो । ललितपुरको गोदावरी नगरपालिका–७ देविचौरस्थित काफ्राङ भन्ने स्थानको खोल्सामा एउटा लास भेटियो । त्यो लास थियो ललितपुर बाग्मती गाउँपालिका–४ प्युटारका वर्ष २९ का राजकुमार भुलुनको ।
उनी करिब तीन महिना अगाडिदेखि देविचौरमा परिवारसहित बस्दै आएका थिए । उनी घर बनाउने ठेकेदार र मिस्त्रिको रुपमा काम गर्दै आएका थिए । उनी आफ्नै साढ भाई श्याम भन्ने ज्ञानकुमार सिंतानको घरमा बस्थे । उनको श्रीमतीको नाम रोजिना भुलुन हो । भने सालीको नाम सुनिता सिंतान । मृतक राजकुमार र रोजिनाको पाँच जना छोरा छोरी छन् । कम उमेरका चार वर्षका छोरा र बढी उमेरकी १२ वर्षकी छोरी छिन् ।
शरीर रगताम्मे थियो । रातो टिसर्ट कालो जिन्स लगाएका थिए । झाडी मुनि घोप्टो परेको अबस्थामा उनको शब थियो । उनको घाँटीमा धारीलो हतियार प्रयोग गरेर रेटिएको जस्तो देखिन्थ्यो भने टाउकोको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको चोट नै चोट । उनको निर्मम ढंगले हत्या भएको प्रहरीले तत्काल निष्कर्श निकाले । घटनास्थल उनी बसेको घरभन्दा ४० मिटर पर थियो । शव नजिकै खुकुरीको विँड, चप्पल, तुना लगायतका सबुत समेत भेटियो । ती सबै सबुतलाई परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाईएको छ ।
त्यसपछि सहज भयो अनुसन्धान
घटनास्थलमा तत्काल प्रहरी अनुसन्धानमा खटियो । प्रहरीले कुकुर प्रयोग गरेर कुना कुना बाँकी राखेन । प्रहरी परिसर जवलाखेल, अपराध महाशाखा, प्रहरी वृत्त चापागाउँले क्राईम सिनको सम्पूर्ण विवरण लियो । वरपर सोधपुछ चल्यो । त्यसैक्रममा साढ भाई ज्ञानकुमार सिंतानले आफू र मृतक पसलबाटसँगै घर फर्कने समयमा बाटोमा एकजना मुख छोपेको मानिसले खुकुरी निकालेर हातपात गर्न लागेकोले आफू उक्त स्थानबाट भागेको प्रहरीलाई घटनास्थलमै बयान दियो । प्रहरीले उनलाई तुरुन्तै नियन्त्रणमा लियो । उनको नियन्त्रणपछि प्रहरीलाई अनुसन्धानका लागि सहज भएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन्।
मुख्य योजनाकार आफ्नै श्रीमती, श्रीमान मार्न लगाईन् भाडामा मान्छे
मृतक राजकुमारको आफ्नै श्रीमती रोजिनाको मुख्य योजनामा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘घटनाको मुख्य योजनाकार उनकै श्रीमती भएको प्रारम्भिक रुपमा खुलेको छ । किटानी जाहेरी लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । उनको हत्यामा श्रीमती मुख्य योजनाकार मात्रै देखिईन् ।
हत्यामा उनका साढ भाई ज्ञानकुमार र साली सुनिताको साथ रहेको खुल्दै गयो । त्यत्तिमामात्रै घटनामा संलग्न अन्यको अनुहार खुल्न रोकिँदैन । विस्तारै अरुको पनि अनुहार खुल्दै जान्छ । त्यसपछि खुल्छिन् मकवानपुरकी हाल गोदावरी नगरपालिका–१२ ठेचो बस्ने २४ वर्षकी लक्ष्मी ब्लोन लुङबाको अनुहार । त्यस्तै उदयपुर घर भएका हाल गोदावरी नगरपालिका–११ झ्यालीपाटी बस्ने वर्ष २८ का मनोज मगर भन्ने मनोज सार्कीको नाम आउँछ तर उनको अनुहार बाहिर आउँदैन । अर्थात सार्की फरार सुचीमा रहे ।
घाँटी रेट्नेले १५ सय मात्रै मागेका थिए
घटनाको अनुसन्धानको क्रममा सार्की बाहेक चार जना प्रहरीको हिरासतमा छन् । घटनामा अन्यको पनि संलग्नता छ कि भनेर प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान अगाडी बढाइरहेको छ । अन्यलाई पनि सोधपुछ जारी राखेको छ । पक्राउ परेका सबैले मृतकको घाँटी रेट्ने मुख्य मान्छे सार्की नै रहेको दाबी गर्दै आईरहेका छन् । सार्कीको भने हिजो मात्रै यसअघिको घटनास्थल भन्दा ५० मिटर तल भीरमुनि लास फेला परेको छ । हत्या गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको वा कसैले हत्या गरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुका अनुसार सार्कीले राजकुमारको हत्या गर्नलाई १५ सय रुपियाँ मात्रै मागेको बुझिएको छ ।
यसरी बन्यो राजकुमारलाई मार्ने योजना
प्रहरीमा मृतकका बुवा चन्द्र बहादुर भुलुनले दिएको किटानी जाहेरीका अनुसार घटना घरेलु हिंसाका कारण रिसिईबीले राजकुमारको हत्या भएको देखिन्छ । मृतककी श्रीमती रोजिनाले प्रहरीलाई दिएको बयानका अनुसार रक्सी खाएर राती कुट्ने पिट्ने गर्थे । त्यसपछि उनलाई श्रीमानलाई सिध्याउनु पर्ने सोच आयो । उनले यो कुरा आफ्नो बहिनी सुनिता र ज्वाई ज्ञानकुमारलाई सुनाईन् । यसमा दुबैले साथ दिने बाचा गर्छन् । त्यसपछि हत्याका लागि योजना बन्छ । बहिनी सुनिताले आफ्नो मिल्ने साथी लक्ष्मी ब्लोनलाई मार्ने मान्छे खोजिदिन आग्रह गर्छिन् ।
लक्ष्मीले मनोज मगर भन्ने मनोज सार्की भेट्टाउँछिन् । लक्ष्मी र मनोज लामो समयदेखि चिनजानको रहेको बुझिएको छ । मार्ने मान्छे भेट्टिएपछि गाउँ गएर उनीहरु कुन ठाउँ लगेर कसरी मार्ने, कस्तो हतियार प्रयोग गर्ने भन्ने पुरै योजना सहित रेकी समेत सुरु गर्छन् । मार्ने ठाउँ खोँचमा भनेर श्रीमतीले देखाउने, रक्सी खुवाएर साढभाई ज्ञानकुमारले सँगै लाने र बाटोमा सार्कीले आक्रमण गर्ने योजना बन्छ ।
सोही अनुसार पसलमा रक्सी खुवाएर ज्ञानकुमारले मृतक राजकुमारलाई दोहो¥याएर लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएको छ । यो सबै योजना एक महिना अघि बनेको थियो । एक महिना अघि पनि सोही स्थानमा सोही ढंगले मृतकलाई हतियार बिना योजनाद्ध ढंगले आक्रमण भएको तर मार्न भने सफल नभएको खुलेको छ । प्रहरी यस घटनाको सुक्ष्म अनुसन्धानमा लागेकोले हत्याको अन्य कारणसहित अन्य व्यक्तिको संलग्नता लगायत विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आनन्दवन अस्पतालमा शोभाखर हाबी, रिसर्च सेन्टर सार्न प्राविधिकलाई जबरजस्ती रिपोर्ट लेख्न लगाए

कमिसनको खेलमा अलपत्र बनाए आनन्दवनको ट्रमा सेन्टर, को–को छन् संलग्न ?

नगरप्रमुखको निर्देशनमा कर्मा कन्स्ट्रक्सनले असुले ३ सय रुपैयाँ बढी अवैध रकम, १० महिनामा ३ करोड बढी असुल

प्रतिक्रिया