सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

पर्वतमा बस दुर्घटनाः एक किशोरीको मृत्यु, २३ जना घाइते

पर्वतमा बस दुर्घटनाः एक किशोरीको मृत्यु, २३ जना घाइते

पर्वत
जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ ।

विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने रहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । उनका अनुसार तीव्र गतिमा गुडेको रात्रीबसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

निर्माणाधीन मध्यपहाडी सडकको कामका लागि २४ जना मजदुर लिएर ट्याक्टर दोबिल्ला आउँदै गरेको थियो । प्रहरीका अनुसार गम्भीर घाइते पाँच जना मजदुरलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ।