सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

मृगौला रोगी तामाङलाई युवाहरुले गरे आर्थिक सहयोग

मृगौला रोगी तामाङलाई युवाहरुले गरे आर्थिक सहयोग

काठमाडौं
मृगौला रोगी अजय हेम्जन तामाङलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–७ देविचौर निवासी तामाङलाई युवाहरुले आर्थिक सहयोग गरेको हो ।

उनको आर्थिक अबस्था कमजोर भएका कारण उपचारको लागि स्थानीय युवा क्लब बुद्धचुली युवा क्लवद्वारा रकम संकलन गरिएको थियो । क्लवले ८२ हजार आठ सय ५५ रुपैयाँ रकम तामाङलाई हस्तान्तरण गरिएको आशिष तामाङले जानकारी दिए ।