सुकीलाई चार वर्षको जेल सजाय
काठमाडौं
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। गत फेब्रुअरीमा सेनाले कू गर्दै सत्ता आफ्नो हातमा लिएपछि उनलाई पक्राउ परेर नजरबन्दमा राखेको थियो।
यद्यपि उनी सार्वजनिकरुपमा भने देखिएकी थिइनन्। सोमबार सेनाको अदालतले उनलाई राष्ट्रिय विपत्ति कानुन उल्लंघन र सेनाविरुद्ध जनमत बनाएको आरोपमा समान दुईरदुई वर्ष गरी चार वर्षको जेल सजाय सुनाइएको सेना प्रवक्ता ज मिन टुनले जानकारी दिए।
त्यस्तै म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि समान चार वर्षको जेल सजाय सुनाइएको छ। मिन्टलाई पनि सुकीकै अभियोगमा जेल सजाय सुनाइएको हो। यद्यपि उनीहरु दुवैले जेल भने जानु नपर्ने सेनाले बताएको छ। सेनाका अनुसार उनीहरुले नजरबन्दमै रहेर आफूमाथि लागेको अन्य मुद्दाको पनि सामना गर्नेछन्।
प्रतिक्रिया