सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

लेलेमा एक घरमा भयो आगलागी, घर पूर्ण रुपमा क्षेती

लेलेमा एक घरमा भयो आगलागी, घर पूर्ण रुपमा क्षेती

ललितपुर
जिल्लाको गोदावरी नगरपालिका–५ लेलेमा एक घर जलेको छ । उत्तम सिजापतीको घर जलेर पूर्ण रुपमा क्षेती भएको स्थानीय ज्ञानेन्द्र सिजापतीले जानकारी दिए ।

आगलागीमा परेर घरबाट केही सामानहरु समेत निकाल्न नसकेको उनले बताए । घर जल्दै गर्दा भाग्ने क्रममा उत्तम घाइते भएका छन् । उनको दाहिने हात भाँचेर हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । सोमबार साँझ विद्युत सर्ट भएर आगलागी भएको सिजापतीले बताए ।