भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना
काठमाडौं
विपिन रावतसहित १४ जना सवार हेलिकोप्टर बुधबार तमिलनाडुको कुन्नुरस्थित जंगलमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय रक्षाप्रमुख रावत भने गम्भीर घाइते भएका छन्।
अहिले उनलाई अस्पताल भर्ना गरिएको छ। हेलिकप्टरमा सेना प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एलरएनके विवेक कुमार, एलरएनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
प्रतिक्रिया