गुहाटीका पत्रकार देवानलाई अन्तर्राष्ट्रिय पदक
काठमाडौं
सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौँ अन्तरराष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन् । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उनलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्र सहित पदक प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोस जाँगर भर्ने बताए । उनले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पारेर प्रदान गरेको सो पुरस्कारले पत्रकारीता क्षेत्रमा उर्जा प्राप्त भएको बताए । उनले भने–अमेरिका नेपाल प्रेस क्लब र राष्ट्रिय प्रेस क्लबले गरेको सो कार्य महत्वपुर्ण छ । दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई पदक र सम्मानपत्र प्रदान गरिएको हो । यस अघि जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरिया का विशिष्ट व्यक्तिले अन्तर्राष्ट्रिय सम्मन पाइसकेका छन् ।
उक्त कार्यक्रममा बोल्दै अमेरिका–नेपाल प्रेस क्लब नेपालका संयोजक ईश्वरराज ढकालले सो सम्मानका साथै कदरपत्रले मुलुकका पत्रकारलाई समेत पत्रकारिता गर्न अझै जोस अनि जाँगर बढाउने भनाइ राखे । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मुलुक समृद्धिका लागि कलम चलाउने पत्रकारमा समाज दिशानिर्देश गर्ने भूमिका रहने औँल्याए ।
सो कार्यक्रममा राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यले प्रेस क्लब गरेको कार्यक्तबारको बारेमा जानकारी गराए । उनले सो सम्मनले पत्रकारिता र सामाजिक क्षेत्रको उचाइ बढेको उल्लेख गरे ।
प्रतिक्रिया