शनिबार ०८ मंसिर, २०८१ | Saturday, November 23, 2024

सेञ्चुरी बैंकले बोनस सेयर दिने

सेञ्चुरी बैंकले बोनस सेयर दिने

काठमाडौँ
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।

बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा कर प्रयोजनका लागि नगद र बोनस सेयर हुने बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिनेछ।