नक्कली नोटसहित दुई भारतीय पक्राउ
सर्लाही
श्रोत नखुलेको नक्कली रूपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण सर्लाहीले पक्राउ गरेको हो । उनीहरुको साथबाट सशस्त्रले नक्कली नेपाली १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया