फ्रेन्ड्स र एपीएफ भिड्दै
काठमाडौं
सहिद स्मारक लिग ए डिभिजन अन्तर्गतको खेलमा आज टिम फ्रेन्ड्स र एपीएफबीच खेल हुनेछ । दशरथ रंगशालामा हुने यस खेलमा आफू अनुकुल नतिजा ल्याए दुवैसामु रेलिगेसन क्षेत्र छाड्ने अवसर पनि हुनेछ ।
दुवै टिम अहिलेसम्म प्रतियोगितामा जितहीन रहेका छन् । फ्रेन्ड्स चार खेलबाट दुई अंक जोडेर १३ औं स्थानमा रहेको छ भने एप्एिफको चार खेलबाट एक अंक मात्र छ ।
एपीएफ लिग तालिकाको अन्तिम स्थानमा छ र आफ्नो पछिल्लो खेलमा उसले पहिलो पल्ट अंक जितेको थियो । लिगका पछिल्ला तीन संस्करणमा भने एपीएफले फ्रेन्ड्सलाई हराएको छ ।
प्रतिक्रिया