शनिबार ०८ मंसिर, २०८१ | Saturday, November 23, 2024

धनगढी र जनकपुरका लागि अब पोखराबाटै उडान गर्दै बुद्ध एयर

धनगढी र जनकपुरका लागि अब पोखराबाटै उडान गर्दै बुद्ध एयर

काठमाडौं
निजी हवाई कम्पनी बुद्ध एयरले पोखराबाट सुदूरपश्चिम प्रदेशको धनगढी र दुई नम्बर प्रदेशको जनकपुर पनि उडान सुरु गर्ने भएको छ। काठमाडौं बाहिरको पोखरा विमानस्थललाई हब बनाएर अन्तर सहर उडान विस्तारमा आक्रामक भएको बुद्ध एयरले थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ।

बुद्धले पोखराबाट सुदूरपश्चिम प्रदेशको धनगढी र दुई नम्बर प्रदेशको जनकपुर पनि उडान सुरु गर्ने भएको छ। अन्तर सहर उडान काठमाडौं बाहिर पोखराबाट व्यावसायिक उडानको सम्भावना देखिएपछि बुद्धले विस्तारलाई तीव्रता दिएको छ।

एयरलाइन्स अहिले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। अहिले पोखराबाट सुरु भएको उडानबाट एयरलाइन्स उत्साहित भएको छ।

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर–७२ ११ वटा, १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर–४२ जहाज छन्। यात्रुको माग अनुसार जहाजबाट उडान भइरहेको छ।