गुर्जुधारा यातायात कार्यालयबाट ९ जना दलाल पक्राउ
काठमाडौं
यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट प्रहरीले ९ जना दलाल (विचौलिया) लाई पक्राउ गरेको छ । लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षकको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
प्रतिक्रिया