धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना, २४ घण्टा सतर्क रहन आग्रह
काठमाडौं
पश्चिमी बायु र न्यून चापीय प्रणालीको प्रभावले आज मंगलबार बिहानैदेखि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज र भोलि देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।
बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।
यसैगरी राति ९साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म० देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ।
अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि छ। यस्तै भोलि बुधबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
यस्तै राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना तथा देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत सबैमा अनुरोध छ।
प्रतिक्रिया