जाडोमा हिटर बाल्दा यसरी सावधानी अपनाउनूहोस्
काठमाडौं
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाउन सकिन्छः
- हावा ओहोरदोहोर हुने ठाउँ वा काठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने
- कोइला जन्य स्रोतबाट सकेसम्म आगो नताप्ने
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्टा छिटो जल्ने खालका सामाग्री नजिकै नराख्नआगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने
- हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने
- सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने
- गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्ने
- गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्ने
प्रतिक्रिया