जुवा खालबाट १६ जना समातिए

तनहुँ
भिमाद नगरपालिका–६ शान्तिनगर बस्ने कुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ गरेको छ । सोही नगरपालिका–४ पिरुङ बस्ने ५३ वर्षीय चन्द्र बहादुर बिक लगायत १६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनीहरुलाई नगद करिब १ लाख ९ हजार ५ सय ५ रुपैयाँ र र ३ बुक तास सहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया