पुरूषको शव फेला
सुर्खेत
जुम्लामा एक जनाको शव फेला परेको छ। जिल्लाको चन्दननाथ नगरापलिका–१ कुलालवाडामा सोही ठाउँका ५६ वर्षीय सेतो कुलालको शव फेला परेको हो।
निर्माणाधीन एमाले जिल्ला पार्टी कार्यालयको जग हालेको ठाउँ नजिक उनको शव फेला परेको जिल्ल प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए।
उनी सोही ठाउँमा रहेको ओडार जस्तो ठाउँमा लामो समयदेखि बस्दै आएका थिए। उनका एक छोरी र श्रीमतिले छोडेपछि ओडारमा बस्दै आएका हुन्। उनी मृत अवस्थामा देखिएको स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
प्रतिक्रिया