चन्द्रागिरि र फुलचोकीमा बिहानैदेखि हिमपात
काठमाडौं
काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। नगरकोटीका अनुसार काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ। नगरकोटीका अनुसार काठमाडौंको हालको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।
बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ। मौसमविद् नगरकोटीका अनुसार पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ।
प्रतिक्रिया