हिमपात र वर्षापछि बढ्यो चिसो, यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान
काठमाडौं
हिजो बुधवार देशका विभिन्न भू–भागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ। आज बिहीवार थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ,’ महाशाखाले जनाएको छ। त्यसैगरी राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।
प्रतिक्रिया