सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

प्रधानसेनापति शर्माले लिए १३ दिन बिदा

प्रधानसेनापति शर्माले लिए १३ दिन बिदा

काठमाडौं
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बिदा लिएका छन् । उनले १३ दिन बिदा लिएका हुन् । विदाका बेला उनी भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ ।

त्यसका लागि उनको १३ दिन लामो बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।