शनिबार ०८ मंसिर, २०८१ | Saturday, November 23, 2024

ललिता निवास जग्गा प्रकरणः मुख्य अभियुक्त ढकालविरुद्ध राजस्व चुहावटको मुद्दा

ललिता निवास जग्गा प्रकरणः मुख्य अभियुक्त ढकालविरुद्ध राजस्व चुहावटको मुद्दा

काठमाडौं
बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकालसहित ५ जनाविरुद्ध राजस्व चुहावटको मुद्धा परेको छ । राजस्व अनुसनधान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो। राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन्।

आनसान इन्टरनेशनल प्रालिमार्फत झुटा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।

विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ गरी कूल बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ कायम गरेको छ।

विभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ। कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ। श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ।