सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

मध्य रातमा कुपण्डोलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

मध्य रातमा कुपण्डोलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

काठमाडौं
गएराति ललितपुरको कुपण्डोलस्थित बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको भने अर्का एक जना भने घाइते भएका छन् । बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ कोटगाउँका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो । महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।