शनिबार १० फागुन, २०८१ | Saturday, February 22, 2025

ललिता निवास जग्गा अनियमितता प्रकरणः तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी

ललिता निवास जग्गा अनियमितता प्रकरणः तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं
ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको उनले बताए ।

एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै उनले संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने उनको भनाइ छ । ललिता निवास जग्गा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको छ ।