गुप्तचर प्रमुखमा खरेल नियुक्त
काठमाडौं
मुलुकको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेसँगै उनी प्रमुखमा नियुक्ती भएका हुन् ।
तीन वर्षे सेवा अवधिका कारण बहालवाला प्रमुख गणेश अधिकारी पुस २३ गते अनिवार्य अवकासमा जाँदैछन्। अधिकारी घर जानु दुई दिनपहिले खरेललाई जिमेवारी दिने निर्णय भएको हो।
गुप्तचर प्रमुख बन्ने प्रतिस्पर्धामा अर्का अतिरिक्त अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि थिए। प्रमुखमा नियुक्त भएका खरेलले ९ महिना गुप्तचरको नेतृत्व गर्ने छन्।
प्रतिक्रिया