सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

अपराध महाशाखाका प्रमुखसहित २६ एसएसपीको सरुवा, को कहाँ ?

अपराध महाशाखाका प्रमुखसहित २६ एसएसपीको सरुवा, को कहाँ ?

२३ पुष, कााठमाडौं
नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकसाथ सरुवा गरिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरूको सरुवा गराएका हुन्।

२६ जना एसएसपीको सरुवाका क्रममा महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान ब्युरोका प्रमुख पनि परिवर्तन भएका छन्।

सरुवा सूचीअनुसार महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका एसएसपी वसन्तबहादुर कुँवरलाई दिइएको छ भने यसअघिका प्रमुख चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।

यसअघि कुँवर कार्यरत प्रहरी महानिरीक्षकको सचिवालयमा भने नेपाल प्रहरी शिक्षालय (भरतपुर) मा कार्यरत विष्णुकुमार केसीलाई ल्याइएको छ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई संघीय प्रहरी प्रदेश कार्यालय (भैरहवा) पठाएर उनको स्थानमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीलाई राखिएको छ। यसअघि संघीय प्रहरी प्रदेश कार्यालय (भैरहवा) कार्यरत एसएसपी शुशीलकुमार यादवको हालै मृत्यु भएको थियो।

यस्तै मानव बेखबिखन अनुसन्धान ब्युरो प्रमुख दुर्गा सिंहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरी उनको स्थानमा प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत एसएसपी टेकप्रसाद राइलाई राखिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखामा रहेका चक्रबहादुर सिंहलाई भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र ९नेपालगन्ज० पठाइएको छ। त्यहाँ कार्यरत किरण राणालाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा तानिएको छ।

त्यसमा कार्यरत भीमप्रसाद ढकाललाई चाहिँ अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय (काठमाडौं) मा सरुवा गरिएको छ। यहाँ कार्यरत राजेशनाथ बाँस्तोलालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको जिम्मेवारीमा पठाइएको छ।