एनआइसी बैंक लुट्ने चार जना समातिए
२३ पुस, काठमाडौं
काठमाडौंको बानेश्वरस्थित एनआइसी एसिया बैंक लुटेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।
पुस १८ गते बैक लुटिएको थियो। १६ लाख रुपैयाँ भन्दा धेरै रकम लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। घटनाको अनुसन्धानको क्रममा बैंकका एक कर्मचारीको समेत संलग्नता भएको आशंकामा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया