सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

यी स्थानमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ आजको मौसमको अबस्था

यी स्थानमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ आजको मौसमको अबस्था

२४ पुस, काठमाडौं
हाल देशभर जाडो कायमै छ। कतिपय स्थानमा सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘हाल वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिकदेखि सामान्य बदली रहेको छ। तराईका केहि भूभागमा हुस्सुरकुहिरो लागेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ।

यस्तो छ आजको मौसम पूर्वानुमान

शनिवार दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य वदली रही प्रदेश न १, प्रदेश न २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।