बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

२४ पुस, दाङ
बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं। ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई बाघले आक्रमण गरेको थियो ।
चौधरीको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार मात्रै राप्ती सोनारी–४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया