कोरोना संक्रमितको संख्या बढ्दो, थप ९४४ जनामा संक्रमण पुष्टि
२४ पुस, काठमाडौं
पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया