सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

रिहा हुने दिन कुर्दै ‘विकिनी किलर’ चार्ल्स शोभराज

रिहा हुने दिन कुर्दै ‘विकिनी किलर’ चार्ल्स शोभराज

२५ पुस, काठमाडौं
एक सिरियल किलर चार्ल्स शोभराज ‘विकिनी किलर’का नामले समेत चिनिन्छन् । फ्रान्सेली नागरिक शोभराज यही नामले संसारभर कुख्याती कमाएका छन् । उनी १६ वर्षअघिदेखि सुन्धारा कारागारको गोलघरभित्रको जेल जीवन बिताईरहेका छन् ।

उनीमाथि विभिन्न देशमा गरी २० जनाभन्दा बढीको हत्या गरेको अभियोग छ । नेपाल घुम्न आएका अमेरिकी महिला पर्यटक कोनी जो ब्रोन्जिचको सन् १९७५ मा हत्या गरेको आरोपमा सर्वोच्च अदालतले शोभराजलाई जन्मकैदसहित आजीवन काराबासको सजाय सुनाएको थियो ।

उनले कतिपय महिलालाई बलात्कारपछि हत्या गरेका थिए । उनीमाथिको अधिकांश अपराध महिलामाथिको छ । उनी एक यौन पिपासु अपराधी हुन् । उनी केही वर्षदेखि भने आफू दीर्घ रोगी, वृद्ध अबस्थाको भएकोले कैद अवधी पुनरावलोकन गर्दै रिहा गर्नु पर्ने माग राख्दै आएका छन् ।