स्रोत नखुलेको साढे १४ लाख रकमसहित जैसवाल पक्राउ

काठमाडौं
सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १४ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट जिल्लाको इशनाथ नगरपालिका–२ स्थित मनमोहन गेटबाट आइतवार सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रूपैयाँसहित भारतका ३९ वर्षीय सञ्जयकुमार जैसवाललाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बीआर ०५ ए जी ८०५७ नम्बरको भारतीय मोटरसाइकलमा नेपालतलर्फ आउँदै गरेका जैसवाललाई शंका लागेर जाँच गर्दा उनको साथमा फेला परेको उक्त रूपैयाँको स्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । जैसवाललाई बरामद रूपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
प्रतिक्रिया