सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

एकै दिन थपिए १४४६ संक्रमित, काठमाडौं उपत्यकामा सबै भन्दा बढी

एकै दिन थपिए १४४६ संक्रमित, काठमाडौं उपत्यकामा सबै भन्दा बढी

काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ४२९ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये पीसीआर परीक्षणबाट एक हजा ३५७ र एन्टिजेन परीक्षणबाट ८९ जना पहिचान भएका हुन्। गत २४ घण्टामा आठ हजार ९६५ पीसीआर र दुई हजार ४६४ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

थपिएका संक्रमितमध्ये ८७६ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा औसतमा संक्रमणदर १५.१ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित निको हुँदा २ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्।