सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

आजदेखि काठमाडौं र ललितपुरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

आजदेखि काठमाडौं र ललितपुरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

काठमाडौं
काठमाडौं र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।

सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।