९ किलो चाँदीका गहनासहित एक जना पक्राउ
जनकपुरधाम
प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई धनुषाबाट पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका–५ शिवालय टोलका ३० बर्षीय कुमार खातीलाई चाँदीको विभिन्न गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार बरामद भएको चाँदीको गहनाको बजार मूल्य ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ छ । पक्राउ परेका खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया