सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

टिकाभैरब बुद्ध माविका विद्यार्थीले पनि लगाए कोरोना विरुद्धको खोप

टिकाभैरब बुद्ध माविका विद्यार्थीले पनि लगाए कोरोना विरुद्धको खोप

ललितपुर
जिल्लाको गोदावरी नगरपलिका–९ स्थित टिकाभैरबमा रहेको बुद्ध माध्यामिक विद्यालयमा कोरोना विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ । विद्यालयको १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीहरुका लागि आधारभुत स्वास्थ्य केन्द्र टिकाभैरबले खोप कार्यक्रम संचालन गरेको हो ।

सरकारले आज मंगलबारदेखि काठमाडौं र ललितपुरका विद्यार्थीहरुका लागि संचालन गरेको कोरोना विरुद्धको खोप कार्यक्रम आफ्नोे विद्यालयमा संचालन भएको विद्यालयका प्रधानाध्यापक दिपक बानियाँले बताए । विद्यालयका एक सय भन्दा बढी विद्यार्थीलाई फाईजर बायोटेक नामक खोप दिईएको प्रअ बानियाँले बताए ।