सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

मौसम खराबपछि विमानस्थल बन्द

मौसम खराबपछि विमानस्थल बन्द

काठमाडौं
मौसम खराबीका कारण विराटनगर र राजविराजका विमानस्थल अबरुद्ध बनेको छ। वायुसेवा कम्पनीले भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको बताएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्। उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्। जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।