एक दिनमै देखियो ३०७५ जनामा संक्रमण, काठमाडौं उपत्यकामा कत्ति छन् सक्रिय संक्रमित ?
काठमाडौं
पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ।
सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा ४ हजार ५११ जना, ललितपुरमा १ हजार २९६ जना र भक्तपुरमा ८२५ जना रहेका छन्।
संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६०९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।
प्रतिक्रिया