उपत्यकासहित यी ६ जिल्ला रेड जोनमा
काठमाडौं,
विभिन्न पाँच जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय संक्रमित त्यति पुगेको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमित संख्या १० हजार ८११ पुगेको छ । झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । शुक्रबार मुलुकभर भाइरसका ५०८७ जना संक्रमित पुष्टि भएका छन् ।
प्रतिक्रिया