सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

विप्लब समूहले गर्‍यो ललितपुरमा जग्गा कब्जा

विप्लब समूहले गर्‍यो ललितपुरमा जग्गा कब्जा

ललितपुर
नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरले जग्गा कब्जा गरेको छ । महालक्ष्मी नगरपालिका–६ सानोगाउँमा कित्ता नम्बर ६ मा फैलिएको ३७ आना जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेर कब्जा गरेको हो ।

२००७ साल भन्दा अगाडिदेखि इन्द्रराम महर्जनको बाबु बाजेले जोतभोग गर्दै आएको उक्त जग्गा बुद्धरत्न महर्जनले जालसाझी गरि मालपोत र नापी कार्यालयलाई प्रलोभनमा पारि आफ्नो नाममा पास गरेर सोझा किसानलाई उपभोगबाट बन्चित गरेको, गुण्डागर्दिको शैलीमा किसानलाई धम्काउने काम गरेको हुँदा पनि उक्त पीडित किसानले कहि कतैबाट न्याय नपाएपछि नेकपा ललितपुर जिल्ला कमिटीमा निवेदन पेश गरे अनुसार नेकपा ललितपुरले उक्त जग्गा ब्यानर र झण्डा गाडेर कब्जा गरेको जनाएको छ ।