सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

थप ४‚६३६ जनामा कोरोना संक्रमण

थप ४‚६३६ जनामा कोरोना संक्रमण

काठमाडौं‚
पछिल्लो २४ घण्टामा ४‚६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०‚४१२ पीसीआर परीक्षणमा ३‚७०३ र ४‚१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४‚६३६ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।