सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

फेरी सल्बलाउन थाल्यो जंगली हात्ती, एक सैनिकको मृत्यु

फेरी सल्बलाउन थाल्यो जंगली हात्ती, एक सैनिकको मृत्यु

पूर्वी नवलपरासी
जंगली हात्ती फेरी सल्बलाउन थालेको छ ।  जंगली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा रहेका एक सैनिकको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका अनुसार शनिबार राति कसराको ध्रुवे पोस्ट नजिकै जंगली हात्तिले ढाडमा कुल्चिँदा सेनाका एक अमलदारको मृत्यु भएको हो ।

रात्रि गस्तीमा निस्केको सेनाको टोलीमा रहेका खडक दल गणका एक अमलदारको मृत्यु भएको हो । कसराबाट माडी जाने बाटोतर्फ गस्तीमा रहेका बेला नजिकै रहेको जंगली हात्तीले ती अमलदारको ढाडमा टेकेको र गम्भीर घाइते भएका उनको उपचारका लागि भारततर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतकको नाम बताउन नमिल्ने सैनिक स्रोतले जानकारी दियो । निकुञ्जमा वन्यजन्तु संरक्षण र चोरी शिकारी नियन्त्रणका लागि सेनाले जिम्मेवारी लिँदै आएको छ ।