सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

पशुपति धर्मशाला र बतासबीच भएको सम्झौता रद्द गर्न सिफारिस

पशुपति धर्मशाला र बतासबीच भएको सम्झौता रद्द गर्न सिफारिस

काठमाडौं
पशुपति धर्मशाला सञ्चालनका लागि बतास अर्गनाइजेशनसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट गठन भएको छानविन समितिले बतास अर्गनाइजेशनसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । आइतबार पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गर्दै ‘धर्मशालामा सेभन स्टार जस्तो होटल देखेर आफू सक्ड भएको’ बताएका थिए ।