थप ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं
पछिल्लो २४ घण्टामा नेपाल भर थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया