सोमबार २१ माघ, २०८१ | Monday, February 03, 2025

काठमाडौं उपत्यकामा थपिए ३,९३९ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३,९३९ संक्रमित

काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ती संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्। उक्त अवधिमा देशभर ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ।